काठमाडौं। वन तथा वातावरणमन्त्री प्रेम आलेले सडकमा जानेहरूको पतन निश्चित रहेको बताएका छन्। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा (प्रचण्ड-नेपाल)पक्ष सडक आन्दोलनमा छ।
आन्दोलनप्रति इंगित गर्दै आलेले भने, ‘सडकमा जानेहरूको पतन निश्चित छ।’ बुधबार काठमाडौंमा आयोजित ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेलामा उनले सुदूरपश्चिममा रावलको दादागिरी नचल्ने बताए।
सुदूरपश्चिमलाई गिरबन्दी राखेर रावल उपप्रधानमन्त्री बनेको उल्लेख गर्दै आलेले ‘यस पटक पनि उपप्रधानमन्त्री बनाउन भनेर रावल बालुवाटार पुगेको। तर नदिएपछि विरोधमा खनिएको’ दाबी गरे।


लोकपाटी न्यूज

