काठमाडौं। बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन्। बागमती प्रदेश मुख्यमन्त्रीमा प्रस्तावित शाक्यले बुधबार संसदीय दलको बैठक बोलाएकी हुन्।
यहीँ पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गरिएपछि प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरेका थिए। उनले बागमती प्रदेश संसदीय दलको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन्।
संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै उनले संसदीय दलको बैठक बोलाएको बुझिएको छ। प्रदेश इन्चार्जसमेत रहेकी शाक्यले दलको बैठकले केही औपचारिक निर्णयहरु गर्नलाई बैठक डाकेको बताइन्।
शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन्। तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड-नेपाल पक्षको बहुमत रहेको छ। आजको बैठकले शाक्यलाई दलको नेता घोषणा गर्ने एक सांसदले जनाकरी दिए।



लोकपाटी न्यूज

