आज देशभरको मौसम कस्तो रहला ?

Kathmandu_Mausam
लोकपाटी न्यूज

काठमाडौं। आज बिहानैदेखि मौसम बदली भएको छ। बुधबार बिहान प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी बायुको प्रभावको कारण मौसम बदली भएको महाशाखाकी मौसमविद् शान्ति कंडेलले जानकारी दिए। कमजोर प्रणाली भएका कारण वर्षा र हिमपातको भने संभावना नभएको बताए। तराई क्षेत्रमा विहानैदेखि बाक्लो हुस्सु लागेको छ।

काठमाडौं उपत्यकाको मौसम पनि बदली भएको छ। उपत्यकाको न्यूनतम तापक्रम बिहान २ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्