नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

High Court
लोकपाटी न्यूज

काठमाडौं। हालै नियुक्त भएका नयाँ मन्त्रीहरुको काममा रोक लगाउन मान राख्दै सर्वोच्च अदालतमा रिट परेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नवनियुक्त मन्त्रीहरुको काममा रोक लगाउन माग राख्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्।

उनले मन्त्री नियुक्ति तथा हेरफेर अवैधानिक भएको जिकिर गर्दै उनीहरुको काममा रोक लगाउनमा रिट दायर गरेको बताए। डा. त्रिपाठीले भनेका छन्, ‘मन्त्रीहरुको नियुक्ति तथा हेरफेर अवैधानिक हो, उनीहरुको काममा रोक लगाउन अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको हुँ।’

उक्त रिटमा सर्वोच्चले भोलिकै लागि पेशी तोकेको उनले जानकारी दिए। गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सात जना मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रीहरूको जिम्मेवारी हेरफेरसमेत गरेका थिए।

यसअघि सोमबार पनि मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका थिए। उक्त रिट निवेदनको पेसी बुधबारका लागि नै तोकिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्