लोकतन्त्र विरोधीलाई जनताले चिन्ने मौका पाएः नारायणकाजी श्रेष्ठ

Narayankaji_Shrestha
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधामन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन्। ‘संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार छन्,’ उनले भने।

प्रवक्ता श्रेष्ठले सरकारको असंवैधानिक कदमलाई असफल पार्न एकताबद्ध भएर जान आह्वान समेत गरे। उनले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने बताए। तर आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा पुनस्थापना नभएसम्म संघर्ष जारी रहने श्रेष्ठले बताए। ‘जतिबेलासम्म प्रतिनिधिसभा पुन:स्थापना हुँदैन त्यत्तिबेलासम्म हाम्रो संघर्ष जारी रहन्छ,’ उनले भने, ‘त्यसलाई शान्तिपूर्ण ढंगले सफल षर्न अनुरोध गर्दछु।’