तिलोत्तमा। नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम लामो समयसम्म नटिक्ने बताएका छन्। मंगलबार बुटवलमा आयोजित कोणसभामा उनले तीन महिना भित्रमा संसद् पुनस्थापना गरेरै छाड्ने दाबी गरे।
‘बढीमा तीन महिनाभित्र संसद पुनस्थापना हुनेछ,’ उनले भने, ‘लोकतन्त्रको संरक्षक सर्वोच्च अदालतले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्नेछ।’ संसद् पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको भुसालले बताए। प्रधानमन्त्रीको कदमविरुद्ध आफूहरुको आन्दोलन नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीलाई दुई तिहाई मत दिएर संविधान रक्षाको लागि पठाएको तर तानाशाही तरिकाले संविधान माथि बर्खिलाप गरेको भुसालले जनाए। ओलीकै कदम र स्वेच्छाचारी शैलीले अहिलेको अवस्था आएको बताए। प्रतिनिधिसभा विघटन आन्दोलनबाटै फिर्ता गराउने पनि भुसालले बताए।



लोकपाटी न्यूज

