काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन्।
भृकुटीमण्डपमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताएका हुन्।
अध्यक्ष प्रचण्डले ओलीले माफी नमिल्ने गल्ती गरेको बताए। प्रचण्डले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित् माफी नमागेसम्म जनताले छुट नदिने बताए।
उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र जनताले माफी दिनेछन्। नत्र यो अपराध इतिहासमा कहिल्यै मेटिने छैन्।’



लोकपाटी न्यूज

