ओलीले गल्तीप्रति पश्चात्ताप गर्न तयार भए टेबलटक गर्न सकिन्छ : माधव नेपाल

madhav-nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको बताएका छन्। भृकुटीमण्डपमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।

उनले ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको बताए। ओलीले असंवैधानिक कदम सच्याएर आफ्नो गल्तीप्रति पश्चात्ताप गरेर सबै कुरा बिर्सन तयार रहेको बताए। ओली असंवैधानिक कदमबाट पछि हटे आफूहरु सबै कुरा बिर्सनसमेत तयार रहेको नेता नेपालले बताएका हुन्।

नेता नेपालले भने,‘उहाँ गल्तीप्रति पश्चात्ताप गर्न तयार भए बसेर टेबलटक गर्न सकिन्छ। ‘तर, यदि उनी सच्चिन तयार हुँदैनन् भने भिरबाट लडेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ।’

ओलीले गल्ती नसच्याए ओलीको सबै कुरा पत्तासाफ भएर जाने दावी गरे। उनले ओलीको असंवैधानिक कदमविरुद्ध सबै शक्ति एकतावद्ध भएर संघर्ष गरिने बताएका थिए।