काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध आज प्रचण्ड-नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट निस्केको नेपाल कम्युननिस्ट पार्टी (नेकपा) को असन्तुष्ट समूह (प्रचण्ड’-नेपाल) को जुलुस भृकुटीमण्डप पुगेका हुन्।

उपत्यकाको १३ स्थानबाट आज जुलुस निकालिएको थियो।जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ। जुलुस भद्रकाली-रत्नपार्क-बागबजार-पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेको थियो। प्रचण्ड-नेपाल पक्षको जुलुसमा ‘भारतीय सेना-कालापानी छोड’ भन्दै नारा लगाइएको थियो।

आजको विरोधसभालाई प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा विघटनविरूद्ध आज प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गरेको हो।







लोकपाटी न्यूज

