काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ। सरकारले असंवैधानिक रुपमा संसद विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाले विरोध कार्यक्रम गर्न लागेको हो।
काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट जुलुस सुरु भएको छ। काठमाडौंको विरोध सभालाई वृहद् बनाउने नेताहरुले जनाएका छन्। संसद विघटनको विरोधमा राजधानी काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने नेकपाको तयारी रहेको छ।
नयाँबानेश्वार, लैनचौर, नक्साल, टेकु लगायतका ठाउँबाट जुलुस निस्कने नेकपाले जनाएको छ। सबै जुलुसको केन्द्रीकरण भृकुटीमण्डपमा गरेर सभाको आयोजना गरिएको छ। सभालाई शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्।
नेकपाको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोकेको छ। संसद विघटन गर्न सदर दाय रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्धा विचाराधिन अवस्थामा चलिरहेको छ।



लोकपाटी न्यूज

