घट्यो सुनको भाउ

लोकपाटी न्यूज

काठमाडौं। मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. ८०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार ९०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ८०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९४ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. १५ ले घटेको हो ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्