उपभोक्ताको प्रश्न- के अब फेरी ईन्भर्टर किन्नु पर्ने हो?

loadseding
लोकपाटी न्यूज

उर्जामन्त्रीको दोस्रो कार्याकालका लागि टोपबहादुर रायमाझीले भर्खरै मात्र पदभार सम्हालेका छन्। तर, संयोग नै मान्नुपर्छ उनले पदभार सम्हालेको २४ घण्टा नबित्दै राजधानीमा लोडसेडिङकै भान पार्ने गरी विजुली जान थालेको छ। लोडसेडिङकै शैलीमा विद्युत जान थालेपछि यतिबेला फेरि १८ घण्टे लोडसेडिङकालको सम्झना शुरु भएको छ।

मंगलबार बिहान पूर्वाधारविज्ञ सुर्यराज आचार्यले आफ्नो ट्विटरमा लेखे – ‘आजकल छोटो समयका लागि भए पनि दिनको २-३ पटक बिजुली जाने आउने गरेको छ । प्राविधिक कारण भनिएला, तर स्पष्ट व्यवस्थापकीय कमजोरी देखिन्छ । यसले गर्दा असुविधा त छ नै, विद्युतीय सामानहरू पनि छिटै विग्रने हुन्छ । सम्बन्धित निकायको ध्यान पुगोस ।’

उनले मंगलबार बिहान सामाजिक सञ्जाल टवीटरमा ट्वीट गर्दै पछिल्ला दिनमा अघोषित रुपमा भइरहेको लोडसेडिङको बारेमा आक्रोश पोखेका हुन। नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई कुनै पनि जानकारी नै नदिइकन अनावश्यक रुपमा बिजुली काटने गरेको छ । यो समस्या राजधानी काठमाडौंमा मात्रै नभई देशभर नै उस्तै रहेको छ ।

प्राधिकरणमा प्रभावकारी नेतृत्व नहुँदाको दुःख भने उपभोक्ताले पाउनु परेको छ । प्राधिकरणका वितरण केन्द्र प्रमुखलाई कुनै पनि स्पष्ट निर्देशन नभएको तथा कामचलाउ नेतृत्व लागेको भन्दै जनस्तरमा आक्रोश पैदा भएको छ ।

यसैगरी समाजिक सञ्जालमा लोडसेडिङ फेरी दोहो¥याउन लागेको त हैन भनेर शंका र आक्रोश पोख्न धेरै छन्।
सन्तोष भण्डारी नाम भएका ट्वीटर प्रयोगकर्ता लेख्छन् -‘ओली र रायमाझीको मेलले देशमा अघोषित लोडसेडिङ हुन थाल्यो। कुत्सित मनसायबाट प्रेरित यी तत्वबाट देश तुरुन्तै मुक्त हुनुपर्छ। अख्तियारमा सेटिङ मार्फत आफ्नो मान्छे हुलेर सिंहदरबाट गर्दै आएको आपराधिक हर्कत तत्काल रोकिनु पर्छ।’

हाल उर्जामन्त्री भएका टोपबहादुर संविधान जारी भएपछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि नै उर्जामन्त्री थिए। २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लोडसेडिङ हुने अवस्था सम्म आएको थियो। त्यतिबेला विद्युत प्राधिकरणका एमडी मुकेश काफ्लेसँग मिलेर रायमाझीले लोडसेडिङ गराएको भन्दै उनको आलोचना भएको थियो।

त्यतिबेला मन्त्री रायमाझी लोडसेडिङका साक्षी जस्तै थिए। तर, ओली सरकार ढलेपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गर्‍यो। उनै कुलमानले १८ घण्टे लोडसेडिङको अन्धकार हटाएर मुलुकमा चमत्कार गरिदिए।

त्यस्तै डा. यलिया शर्मा नाम भएकी प्रयोगकर्ता लेख्छिन, ‘सरकारको सबैभन्दा ठूलो सफलता लोडसेडिङ अन्त्य भैसकेको लामो समयपछि पुन लोडसेडिङ सुचारु गर्नु हो।’ त्यस्तै किसोर दहालले व्यङ्ग गर्दै लेखेका छन्, ‘लोडसेडिङ तालिका सार्वजनिक गरौं। अनावश्यक हैरानी नदिऔं।’

अच्यूतप्रसाद ढुंगानाले त ‘ यो प्राविधिक कारण मात्र होइन । खराब नियत र ग्राहकहरुप्रति गरिएको घात’ भएको बताउँछन् । उनले हजारै लाखौ हालेर जीवनमा बल्ल्बल्ल थपिएका विद्युतीय सरसामान बिग्रनुु दुःखद अवस्था भएको बताएका छन्।

प्राविधिक कमजोरी मात्रै होइन शासकीय लापरवाही र भ्रष्टाचार समेत घालमेल भएर सप्लाईमा अवरोध भएको हुनुपर्छ भन्दै नेक्ट एंगल नामका ट्वीटर प्रयोगकर्ताले प्राधिकरणभित्र भ्रष्टाचार मौलाएको गुनासो पाेखेका छन् ।

उपभोक्तालाई इन्भटर खरिद गर्न बाध्य पार्ने नियतका साथ बिजुली काटिएको बताउनेहरु नि धेरै छन्। एक प्रयोगकर्ता भन्छन् ‘ मलाई त यस्तो लाग्यो, यसरी बीच बीचमा लाइन काटिदिएपछि, चाहे १ मिनेट होस । यसले उपभोक्तालाई हानी पक्क गर्छ । अनि उपभोक्ता आजित भएर इन्भटर किन्न बाध्य हुन्छ । यो त नियोजित जस्तो लाग्यो, इन्भटर किन्न प्रोत्साहन गरे जस्तो ।’

हरी नाम भएका ट्वीटर प्रयाेकर्ता भन्छन,’ राम्रा मान्छे कहाँ टिक्छन र हाम्रो देश मारु ओहो कुले ले लोडसेडिङ नगरेर एन्भर्टर ब्यबसाय धरापमा भयो कमिशन खान पाइएन भनेर बुरुक्क उफृदै हटाइयो। अहिले नया ले लङोटी बाट देखाइदिए। सक्किगोनी।
भिमार्जुनले भनेको कुरा सम्झिए, यो देशका समृद्धि का बाधक- यहि देशका लम्पट युवा हुन।

नगरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे समेत अघोषित लोडसेडिङको कारण हैरान भएका छन् । उनले समेत सोमबार ट्वीट मार्फत किन यस्तो भइरहेको छ भनेर प्रश्न गरेका छन् । जथाभावी बत्ती जान थालेपछि नागरिक आन्दोलनको अगुवाका छवि बनाएका डा। पाण्डेले नयाँ उर्जामन्त्रीका नाममा एक सूचना जारी गरेका छन् ।

आफ्नो एक ट्वीटमा उनले लेखेका छन् – ‘बत्ती अहिले साँझ पनि गयो । नयाँ उर्जा मन्त्रीलाई सूचना । हिजो मात्रै पनि उनले एक ट्वीट गर्दै लेखेका थिएः यो अघोषित लोडसेडिङको जमाना हो । कि होइन?’

पछिल्ला दिनमा प्राधिकरणले कुनै जानकारी नै नदिई बिजुली काटने क्रम बढेको छ।। गत बर्षको तुलनामा यो बर्ष थप १०० मेगावाट विजूलीको माग बढेको प्राधिकरण बताउछ। अघिल्लो बर्ष १ एक हजार ३४० मेगावाट विजुली माग रहेकोमा अहिले त्यो बढेर १ हजार ४३० मेगावाट पुगेको छ ।
जाडो बढेसंगै विजुलीको माग थप बढ्ने अनुमान छ। हाल प्राधिकरणका आयोजनाबाट ५१६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै ऊर्जा उद्यमीका आयोजनाबाट ३१५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । भारतबाट झण्डै ६०० मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको छ ।

हाल कुलमान घिसिङको कार्यकाल सकिएको छ। उनको पुनर्नियुक्तिो लागि उर्जामन्त्री वर्षमान पुनले कोशिस गरे पनि प्रधानमन्त्री ओलीले रोकेका कारण हालसम्म पनि उनको नियुक्त हुन सकेन। कुलमानको अभाव र उर्जामन्त्री परिवर्तन भएकै दिनदेखि नेपालमा फेरि झ्याप झ्याप बत्ति जान थालेपछि फेरी लोडसेडिङ हुने त्रास बढेको छ। कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदासम्म उपभोक्ताले यस्तो समस्या भोग्नु परेको थिएन। जाडो महिनामा समेत सहज रुपमा बत्ती बाल्न पाएका थिए ।

धेरैले त्यसलाई कुलमानको कार्यकुशलता र इमान्दारिताको पहिचानको रुपमा बुझेका थिए । पहिलो चरणमा प्राधिकरणका डिएमडी लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइयो । त्यसपछि प्राधिकरणका अर्का डिएमडी हितेन्द्रदेव शाक्यलाई शुरुमा निमित्त र एक सातामा नै कायमकुमायम कार्यकारी निर्देशक बनाइएको छ।

यता उर्जामन्त्री भएपछि पदभार ग्रहण गर्दै रायमाझीले एमसीसीबारे अनावश्यक कुरा नगर्न भन्दै एमसीसी कार्यान्वयन हुने बताएका छन्। अहिले पनि देशको दूरदराजमा विद्युत बिस्तार हुन नसकेको र उद्योगहरुमा पर्याप्त बिजुली पुग्न नसकेको दृश्य हेरिरहँदा रायमाझीले कुनै नैतिकताले विद्युत व्यापारको कुरा गरिरहेका छन्, त्यो भने शंकाकै विषय बनेको छ।

नेपालमा अमेरिकी शैन्य रणनीतिअनुसार एमसीसी परियोजना ल्याउन खोजिएको भन्दै त्यसको व्यापक आलोचना भएको छ। आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पर्ने भन्दै श्रीलंकाले एमसीसी अस्वीकार गरे पनि ओली नेतृत्वको सरकारले एमसीसी पास गराउन जोरजुलुम गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्