आजदेखि सवारी चालक अनुमतिपत्रको लागि अनलाइन फारम खुल्यो

smart_license
लोकपाटी न्यूज

काठमाडौं। आजदेखि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुला भएको छ। कारोना महामारी सुरु भएपछि बन्द गरिएको सवारी चालक अनुमतिपत्र आजदेखि अनलाइन फारम खुला गरिएको हो।

सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागका निर्देशक डा.लोकनाथ भुसालले जानकारी दिए। लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ।

यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानूनी जटिलता समाधान भएसँगै ट्रायल लिने विभागले जनाएको छ। उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ।

हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०\५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यस्तै, लिखित परिक्षा पास गरेका परिक्षार्थीले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन्। लकडाउनका कारण लिखित परीक्षा पास भएर ट्रायल दिन नपाएका र पहिलोपल्ट ट्रायलमा फेल भएका परिक्षार्थीलाई लाभान्वित हुने गरी यो नियम जारी गर्ने तयारी भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्