मोरङ। प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। कार्कीले सोमबार सामाजिक विकास मन्त्रीको रूपमा पनि पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्दै उनले एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ मा बमोजिम प्रादेशिक एकीकृत एम्वुलेन्स तथा पूर्व–अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे।
मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए।



लोकपाटी न्यूज

