काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एक अनलाइनले चिनियॉ टोलीसँगको भेटमा प्रचण्डले ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने समाचार सम्प्रेषण गरेकोप्रति खण्डन गरेको छ।
प्रचण्डको सचिवालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसावले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचार बाहेक यो केही नभएको जानकारी गराउँदछौं ।’
पार्टी एकीकरणपछि एकीकृत पार्टीमा भएको दुई अध्यक्षात्मक व्यवस्थाप्रति दुबै अध्यक्षहरु दृढ रहेको र दुबै जना बराबर अध्यक्षको हैसियतमा रहेको सचिवालयले जनाएको छ।
यस्ता दुश्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा सचिवालयले अनुरोध समेत गरेको छ।



लोकपाटी न्यूज

