चिनियाँ टोलीलाई ओलीको सन्देश : चीनको हस्तक्षेप मान्दैनौं, हामी दक्षिणको सहकार्यमा छौं

nnnn
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको चार सदस्यीय टोलीसँग फरक व्यवहार प्रस्तुत गरेका छन्। संसद विघटनसँगै राजनीतिकरुपमा विभाजित भइसकेको सत्तारुढ नेकपा एकताको प्रयास गर्न नेपाल आएको चिनियाँ टोलीसँग फरक रुपमा प्रस्तुत भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप स्वीकार्य नहुने बताएको स्रोतले दाबी गरेको छ। प्रधानमन्त्री ओलीको यो प्रतिक्रियासँगै चिनियाँ टोलीको नेकपा बचाउने ‘मिसन’ असफल हुने सम्भावना बढेको हो। स्रोतहरुका अनुसार त्यसअघि राष्ट्रपति भण्डारीले पनि चिनियाँ टोलीलाई नेपालको आन्तरिक मामालिामा हस्तक्षेप गर्न नहुने संकेत दिएका थिइन्।

नेपाल आएकै दिन आइतबार सीपीसी उच्चस्तरीय टोलीले नेकपा विवादको केन्द्रमा रहकी र अर्को पक्षले ‘खलनायक’ को रुपमा प्रस्तुत गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर पार्टी एकताको मिलबिन्दु खोज्ने प्रयास गरेको थियो। प्रधानमन्त्री ओलीको यो प्रतिक्रियासँगै चिनियाँ टोलीको नेकपा बचाउने ‘मिसन’ असफल हुने सम्भावना बढेको हो।

स्रोतहरुका अनुसार त्यसअघि राष्ट्रपति भण्डारीले पनि चिनियाँ टोलीलाई नेपालको आन्तरिक मामालिामा हस्तक्षेप गर्न नहुने संकेत दिएका थिइन्। केही समयअघि चिनियाँ राजदूत हाउ यान्छीले ओलीले प्रधानमन्त्री पद त्यागेर भएपनि पार्टीलाई जोगाउन आग्रह गरेपछि प्रधानमन्त्री ओली चीनसँग टाढा र भारतसँग नजिकिन थालेको अड्कलबाजी भइरहेको छ।