शाही दिशामा ओलीः पूर्वसभामुख महरा

Krishna Bahadur Mahara
लोकपाटी न्यूज

प्यूठान। नेकपा स्थायी समिति सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र माथि ‘कू’ गरेर शाही ओलीतन्त्र चलाउन खोजेको आरोप लगाए।

ओलीले निरंकुश ढंगको प्रतिनिधिसभा विघटन ऐतिहासिक कलंक भएको महाराले बताए। उनले ओलीको कदमले गणतन्त्र र संविधानमाथि प्रहार भएको बताए। साथै उनले संसद् पुनस्थापना हुने विश्वास पनि व्यक्त गरे। उनले बारम्बार न्यायपालिका र निर्वाचन आयोगप्रति आफ्नो भरोसा रहेको उल्लेख गरेका थिए।

नेता महराले नेकपाका अध्यक्षद्वय ‘प्रचण्ड-नेपाल’ पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाउने दाबी गरे। पार्टीका लगभग साढे चार सय केन्द्रीय सदस्यमध्ये ३ सय भन्दा बढीको समर्थन ‘प्रचण्ड-नेपाल’ पक्षमा रहेकोले निर्वाचन आयोगबाट पनि आफूहरूले मान्यता पाउने विश्वास व्यक्त गरे।

शुक्रवार प्रचण्ड सहितका वरिष्ठ नेताहरू निर्वाचन आयोग पुगेर २ सय ९५ जना केन्द्रीय समितिका सदस्यको हस्ताक्षर बुझाएका थिए।