संसद बिघटनको विरोधमा चितवनमा मसाल जुलुस

masal juluse
लोकपाटी न्यूज

चितवन। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव पक्षका चितवन युवा नेतृत्वले मसाल जुलुस निकालेको छ। मंगलबारको बृहत प्रदर्शनको पूर्वसन्ध्यानमा सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गर्दै मसाल जुलुस निकालिएको हो।

भरतपुरको लायन्स चोकदेखि निकालिएको जुलुस सहिद चोकसम्म पुगेको थियो। मसाल जुलुसमा नेकपाका युवा नेताहरु आरसी अधिकारी, धर्म कार्की, सन्तोष पने, अशोक देवकोटा लगायतका सयौंको संख्यामा युवा तथा विद्यार्थी नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

pic

ओलीको पुस ५ गतेको असंवैधानिक कदमपछि नेकपा विभाजित बनेको छ भने चितवनमा ओली समूह खोज्नुपर्ने अवस्थामा रहेको छ। सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद बिघटनको विरोध गर्दै संसद पुर्नस्थापनाको माग गरेका थिए।