गलकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले एकताको पक्षमा गाउँगाउँमा परीक्षण अभियान शुरु गरेको छ। आज बागलुङमा नेकपा बागलुङ जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा १३ दिने प्रशिक्षण, सङ्गठन विस्तार तथा भेटघाट अभियान शुरु गर्न थालिएको जानकारी दिएको हो।
नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा आइतबार बागलुङ जिल्ला कमिटीको चौंथो विस्थारित बैठकको निर्णयअनुसार १३ दिनभित्र गाउँगाउँमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी एकताका पक्षमा आजैदेखि अभियान शुरु गरेको नेकपा बागलुङले बताएको छ। केन्द्रमा नेकपाको दुई पक्ष भए पनि जिल्लाबाट एकताको सन्देश दिनका लागि यस्तो अभियान थालिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए।
केन्द्रमा दुई धार भए पनि बागलुङमा एकताको सन्देश दिन यस्तो कार्यक्रम ल्याएको उनको भनाइ थियो। सापकोटाले भने, ‘हामी कसैको पक्षमा भन्दा पनि एकता र संविधानको रक्षाका लागि जनतामाझ जान थालेका हौँ।’



लोकपाटी न्यूज

