ओलीले गराएको चुनाव कसैले मान्दैनन् : भीम आचार्य

bhim acharya
लोकपाटी न्यूज

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव भीम आचार्यले प्रदेश सरकार अस्तव्यस्त हिसाबले चलेकोले फेर्न प्रयास थालिएको बताएका छन्। उनले सरकार ठिक ढंगले नचलेको र पार्टी चोइटिएर जाने अवस्था आएकोले अब आफूहरुले सरकार बनाउन पहल थालेको बताए।

नेकपाको प्रदेश–१ कार्यालय विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै नेता आचार्यले भने, ‛अब वैकल्पिक नेतृत्व चाहिने भएको छ। कसैलाई गाली गलौच गर्नु पनि छैन। आलोचना गर्नु छैन। संघीयताका पक्षधर हौं। लोकतन्त्रका पक्षधर पनि हौं। यसलाई बचाउन अब सबै लाग्नु पर्ने अवस्था आएको छ।’

जनमत प्राप्त सरकार ठिक ढंगले नचलाउँदा अहिलेको समस्या आएको भन्दै वैशाखमा चुनाव हुने अवस्था नरहेको र केपी ओलीको नेतृत्वमा हुने चुनाव कसैले नमान्ने अवस्था रहेको बताए।

प्रदेश सरकार अस्तव्यस्त भएको, बजेट पनि आधा कटौती गर्ने अवस्था आएको भन्दै चुप लागेर बस्ने अवस्था नभएको बताए।