रमेश भुषाल/पश्चिम नवलपरासी, १३ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रतिनिधि सभा पुर्नस्थापना गर्नुको विकल्प नभएको बताएका छन्। सोमबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुषालले वर्तमान समस्याको समाधान प्रतिनिधि सभा पर्नुस्थपना मात्रै भएको बताएका हुन्।
प्रतिनिधि सभा पुर्नस्थापनका लागि सबै लोकतान्त्रीक शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उनले अदालतबाट प्रतिनिधि सभा पुर्नस्थपना हुने विश्वास व्यक्त गरे। प्रतिनिधि सभा पुर्नस्थापना नभए मुलुक सत्यनाश हुने बताउदै उनले संसद बिघटन रहस्यमय भएको बताए।
नेता भुषालले प्रमुख प्रतिपक्ष दल काँग्रेस पनि पुर्नस्थापनाको पक्षमा दह्रो गरी उभिने विश्वास व्यक्त गरे। काँग्रेसको एक पक्ष प्रधानमन्त्रीको पक्षमा देखिएको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा मुलुकमा कम्युनिष्ट र काँग्रेसको सम्बन्धले लोकतन्त्राकि अभ्यासलाई परिभाषित गर्ने गरेको उनले बताए। नेता भुषालले अन्ततः दुवै शक्ति एकै ठाँउमा आउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले सरकारलाई असहयोग भयो भन्नु गलत भएको बताए। एमसीसीको विषयमा मात्रै बाहिर चर्चा भएको हो अन्य काममा कुनै अवरोध छैन नेता भुषालले भने। अहिले मुलुकको सम्वृद्धिको लागि काम गर्ने बेलामा संसद विघटन गरेर ओलीले असंवैधानिक काम गरेको बताए। संसद बिघटनले मुलुकलाई अस्थिरतातर्फ धकेलेको बताए।



लोकपाटी न्यूज

