फिनिक्स पक्षी बनेर भए पनि उठ्नैपर्छः विष्णु रिजाल

bishnu-rijal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजनको अवस्थामा पुगेको पार्टी एकतालाई जोगाउन सिंगो नेतृत्व फेरिपनि लाग्नुपर्ने बताएका छन्।

नेता रिजालले पार्टी एकताप्रति जनता र मित्रको शुभेच्छाहरूलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। संसद् विघटनसँगै नेकपाका दुई पक्ष औपचारिक रूपमा अलग देखिएका बेला उनले पार्टी एकताका पक्षमा बोलेका हुन्। उनले पार्टी एकता नेकपाका कार्यकर्ताको मात्र चाहना नभएर जनताको चाहना र निर्वाचनको निर्देशन पनि भएको उनको भनाई छ।

‘एकताबद्ध नेकपा यसका नेता/कार्यकर्ता मात्र होइन, आम जनताको चाहना र निर्वाचनको निर्देशन पनि हो,’ सोमबार सामाजिक सञ्जालमा नेता रिजालले लेखेका छन्, ‘नेकपा एकताको मुख्य जमिन संसद् विघटन गरिएपछि स्वतः सङ्कटमा परेको एकताका पक्षमा अझै प्रकट जनता र मित्रहरूका शुभेच्छाहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। फिनिक्स पक्षी बनेर भए पनि उठ्नै पर्छ।’