काठमाडौं। नेकपा बिभाजनसँगै केन्द्रमा एकतिहाइभन्दा थोरै नेताहरु आफ्नो पक्षमा उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लाका कार्यकर्तासमेत केन्द्रीय समितिमा ल्याएका छन्। नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा ओली पक्षमा १२५ नेता उभिएपछि उनले कार्यकर्ता रोक्ने आफ्नो समूहको केन्द्रीय समिति बनाएका थिए।
ओलीले ११९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउँदै ढुलमुले नेताहरुलाई आफ्नो पक्षमा तान्ने कोशिस गरिरहेका छन्। त्यसमध्ये करिब ३० जना केन्द्रीय सदस्यहरुले आफूहरु ओली समूहमा नरहेको जानकारी सार्वजनिक रुपमै गराइसकेका छन्।
तर, पनि कार्यकर्तालाई आफ्नो समूहमा रोक्न ओलीले आफ्नो पक्षमा उभिएका क्रियाशील कार्यकर्ता सबैलाई केन्द्रीय समितिमा तानेका छन्। अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि ओली ५५ जना कार्यकर्तालाई केन्द्रीय समितिमा तानेका छन्। यद्यपि, ओलीका विश्वासपात्र महेश बस्नेतले उनीहरुलाई संस्थापनतिर जान रोक्नका लागि मात्र जिम्मेवारी दिइएको र केन्द्रीय सदस्य नभएको बताएका छन्। यी हुन् नयाँ केन्द्रीय सदस्य।
कञ्चनपुर
कञ्चनपुरमा ओली समूहले १७ जना कार्यकर्तालाई केन्द्रीय समितिमा तानेको छ। तिनीहरुमा ओम विक्रम भाट, विरबहादुर थापा, पदमराज जोशी, महेशदत्त जोशी, कलशा महरा, धनबहादुर चौधरी, हिरा जैशी, शंकरदत्त जोशी, कृष्णदत्त जोशी, जोगराज चौधरी, रोशन खड्का, बलदेव सिंह बुडाल, अमिनप्रसाद दहित, दुर्गा खुना, विष्णु अवस्थी, लोकेन्द्र ऐरी र हेमन्त जोशी रहेका छन्।
अछाम
अछामबाट ओली समूहमा ४ जना कार्यकर्ता केन्द्रमा तानिएका छन्। तिनीहरुमा झपट बोहरा, खगेन्द्र रोकाया, गोविन्द साउद र कृष्णबहादुर रावल रहेका छन्।
कैलाली
कैलालीबाट ओली समूहमा ११ जना कार्यकर्ता केन्द्रीय समितिमा परेका छन्। तिनीहरुमा गौरीशंकर चौधरी, दानबहादुर बिक, उद्धव भट्टराई, बलबहादुर महता, लक्ष्मी शाह, गोकर्ण भट्ट (लेखराज भट्टका भाइ), भागरथी बिष्ट, जागुराम चौधरी, उज्ज्वल बुढा, गणेश बुढा र शर्मानन्द भट्ट परेका छन्।
बझाङ
बझाङबाट ओलीको केन्द्रीय समितिमा जम्मा ३ जना कार्यकर्ता परेका छन्। ओलीको केन्द्रीय समितिमा पर्ने कार्यकर्ताहरुमा कलकबहादुर खड्का, जनकराज जोशी र आनन्दलाल बिक रहेका छन्।
बाजुरा
बाजुराबाट केन्द्रीय समितिमा ४ जना कार्यकर्ता केन्द्रीय समितिमा परेका छन्। केन्द्रीय समितिमा पर्ने ४ जनामा सहदेव बोगटी, भरत बुढा, दिनेशराज जोशी र सुरेश रोकाया रहेका छन्।
दार्चुला
दार्चुलाबाट ४ जना कार्यकर्ता मनोनित भएका छन्। तिनीहरुमा लालिराम बिक, दीपक जोशी, पदमराज पन्त र लक्ष्मी बडु रहेका छन्।
डडेल्धुरा
डडेलधुराबाट केन्द्रीय समिति ७ जना कार्यकर्ता तानिएका छन्। तिनीहरुमा पदमराज जोशी, विनोदप्रसाद जोशी, विष्णुप्रसाद पाण्डे, करुणाकर ओझा, धनमाया भाट, लक्ष्मी धिक्त र रामबहादुर धामी रहेका छन्।
बैतडी
बैतडीबाट ओली समूहमा ५ जना कार्यकर्ता गएका छन्। ओली समूहको केन्द्रीय समितिमा मनोनित हुनेहरुमा जानकी ऐर वम, देवसिंह महरा, दिपेन्द्र कुवर, रमिल वम र लक्ष्मी प्रसाद जोशी रहेका छन्।



लोकपाटी न्यूज

