प्रधानमन्त्री ओली र चिनियाँ टोलीबीचको भेटमा के भयो कुराकानी ?

nnnn
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलसँग भेट गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीसँग प्रधानमन्त्री ओलीसँग भेट गरेको हो।

आइतबार साँझ भएको भेटमा चिनियाँ सहयोग र दुई देशको हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए। भेटमा येझाउले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए।

उनीहरूले दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको भट्टराईको भनाइ छ। चार दिन भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले त्यसअघि आइतबार अपरान्हमै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिसकेको थियो।