काठमाडौं। नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले चुनावमा ओली पक्षले एउटा वडा पनि जित्ने संभावना नहुने बताएका छन्। पौडेलले चुनावमा जाने अवस्था आयो भने ओली पक्षले एउटा वडा पनि जित्ने संभावना नहुने बताएका हुन्।
आइतबार नेकपा कास्कीको प्रचण्ड–नेपाल पक्षले आइतबार पोखरामा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले यस्तो बताएका हुन्।
नेता पौडेलले भने, ‘प्रतिनिधिसभा रह्यो भने आफ्ना वरिपरिका मान्छेको सपना, राजनीतिक अभिष्ट पूरा नहुने देखेर संसद विघटन भएकोले यसको विरोध गर्नुपरेको हो। हामी चुनावमा जाने अवस्था आयो भने ओली पक्षले एउटा वडा पनि जित्ने सम्भावना रहँदैन।’
प्रधानमन्त्री केपी ओलीले पञ्चायतकालका अञ्चलाधीशले जसरी पार्टी चलाउन खोजेकाले प्रचण्ड–नेपाल एक ठाउँ उभिएको पौडेलले बताए। ओलीले यसअघि आफ्ना कर्तुत जोगाउन २० जनाभन्दा बढीलाई अध्यक्षको प्रस्ताव गरेको पौडेलले जिकीर गरे।



लोकपाटी न्यूज

