ओलीको घमण्डले नेकपामा विभाजन आयोः योगेश भट्टराई

yogesh_Bhattarai
लोकपाटी न्यूज

नेपालगञ्ज। नेकपाका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण नेकपामा यस्तो स्थिति आएको बताएका छन्। नेकपाको प्रचण्ड-नेपाल पक्षले भेलामा भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले सच्याउनुको विकल्प नभएको बताए।

उनले आफूहरुको मागनै संसद पुनःस्थापना भएको दोहोर्‍याए। नेता भट्टराईले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए। उनले कार्यकर्ताबीच आफूहरु नै आधिकारिक नेकपा भएको बताए। पूर्वसभासद दलबहादुर सुनारले संसद पुनःस्थापनाको आन्दोलनमा जनतालाई उतार्न सबैसँग आग्रह गरे।

जिल्ला अध्यक्ष आइपी खरेलले असंवैधानिक कदम सच्चिनै पर्ने बताए। केन्द्रमा विभाजन देखिँदा बाँकेमा पनि गुटगुटका भेला हुन सुरु गरेका छन्। ओली पक्षीयले कोहलपुरमा भेला गरिसकेका छन्।