काठमाडौं। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव सुनियोजित ढंगले आएको बताएका छन्। नेकपाको प्रचण्ड–नेपाल समूहले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले प्रस्ताव सुनियोजित ढंगले आएको बताएका हुन्।
उनले त्यसरी आएको अविश्वास प्रस्तावको सामना आरामले गर्ने समेत बताएका छन्। ‘यसको सामना म आरामले गर्छु। किनभने विवेक प्रदेश सभामा विवेक भएका सांसदहरु हुनुहुन्न्छ,’ राईको भनाइ छ।
‘प्रदेश सरकार असक्षम भएर होइन, काम गर्न नसकेर होइन। मुख्यमन्त्रीले नाजायज काम गरेपनि होइन। यो प्रस्ताव सुनियोजित बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशमा अस्थिरता, अराजकता निम्त्याउने र संघीयतालाई संस्थागत गर्न नदिन आएको हो’, मुख्यमन्त्री राइको भनाइ छ।



लोकपाटी न्यूज

