काठमाडौं। नेकपाका नेता प्रदीप नेपालले प्रचण्ड-नेपाल पक्षलाई साथ दिने भएका छन्। नेता नेपाल नेकपामा बौद्धिक र तार्किक नेतामा पर्दछन्।
नेकपा विभाजनसँगै ओली पक्षका नेताहरू नेपाललाई आफ्नो पक्षमा दस्तखत गराउन नेपाल निवास पुगेका थिए। पर्यटन मन्त्री भानुभक्त ढकालसहितको टोलीलाई नेता नेपालले आफूले प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरिसकेकाले दुईतिर नगर्ने जवाफ दिएका छन्।
‘उहाँहरू माइन्युटमा हस्ताक्षर गर्न लिएर आउनुभएको थियो। तर मैले दुईतिर गर्न मिल्दैन। माफ गर्नुहोला ! मैले प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरिसकेँ भनेर पठाइदिएँ’, नेता नेपालले भने, ‘अव मेरो साथ प्रचण्ड-नेपाल पक्षलाई नै हुन्छ।’



लोकपाटी न्यूज

