नेकपा निकट जनसांस्कृतिक महासंघद्वारा प्रतिगमनकारी कदमको खुलेर विरोघ गर्न आव्हान

लोकपाटी न्यूज

काठमाडौं। जनसांस्कृतिक महासंघ, नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मण्डली र चरम अवसरवादी प्रवृत्तिलाई सबै स्तरबाट सृजनात्मक प्रतिवादसहित विरोध गर्न आव्हान गरेको छ। आइतबार महासंघले एक विज्ञप्ति जारी गर्दै जनसांसकृतिक महासंघ सम्बद्ध तथा प्रगतिशिल सांस्कृतिककर्मी सबैलाई प्रतिगमनकारी कदमको खुलेर विरोघ गर्न आव्हान गरेको हो।

जारी विज्ञप्तिको अगाडि भनिएको छ, ‛करिब सत्तरी वर्षको अनवरत संघर्ष पश्चात प्राप्त सम्पूर्ण राजनैतिक उपलब्धीलाई नै नष्ट पारी प्रतिगमनको यात्रा तय गरेको ओली र ओली समूह न देशभक्त हुन् न कम्युनिष्ट। यसखाले अराजक र अराजनैतिक चरित्र एक कम्युनिष्टले कदापी स्वीकार गर्न सक्दैन।’

जनसांस्कृतिक महासंघ र सम्बद्ध सातैवटा घटकसंगठनका दुई तिहाई सदस्यहरु संस्थापन जनसांस्कृतिक महासंघ नेपालको पक्षमा रहेको महासंघले जनाएको छ।

साथै झुक्किएर वा भावानात्मक समवन्धहरुका कारण ओली मण्डलीको छत्रछायाँमा कोही पुगेको भए निर्धक्कतापूर्वक सत्यता र अग्रगमनको यात्रामा सहभागि हुन् जनसांस्कृति महासंघका सह-संयोजक सरल सहयात्रीद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ।

 

jana