काठमाडौं । नव नियुक्त ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एमसिसीको विषयमा मुख खोलेका छन्।
उनले एमसीसी परियोजनना नेपालको हितको पक्षमा रहेको बताए। तर नेपालमा एमसिसीको बारेमा पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ। बहसकै बिच उनले उक्त परियोजना नेपालको हितमा रहेको बताएका हुन् ।
उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । उनले भने ‘ एमसिसी नेपालको हितमा छ । यसकाबारेमा अनावश्यक टिका टिप्प्णी नगरौ । विवाद सिर्जना गरेर काम छैन । अब यसलाई कार्यान्वयनमा लैजानुपर्छ ।’
नेकपा भित्र एमसिसीलाई हेर्ने विषयमा चर्को विवाद भएपनि आयोजना अगाडि बढ्ने वा नबढ्ने भन्ने विषयमा आशंका पैदा हुँदै आएको थियो । पछिल्लो पटक सत्तारुढ नेकपा दुई टुक्रामा विभाजित भएपछि अब सो परियोजनालाई अगाडि बढाउने तयारी गरिएको संकेत समेत मन्त्री रायमाझीले गरे ।
कूल ३१२ किलोमिटर लामो प्रसारण लाइन तथा झण्डै १०० किलोमिटर सडक परियोजना एमसिसी मार्फत कार्यान्वयनमा जान लागेको छ । झण्डै ६५ अर्ब बराबरको लगानी त्यसमा हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रुपमा उनले आइतबार पद बहालाी गरेका हुन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।



लोकपाटी न्यूज

