काठमाडौं। जनता समाजवादी पार्टीले जसपाले आज देशभरका प्रमुख शहरहरुमा प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेसँगै प्रतिपक्षी दलहरु पनि विरोधमा उत्रेका छन्।
प्रदर्शनका क्रममा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नपार्कस्थित शान्तिबाटिकामा सम्बोधन गर्ने बताइएको छ।
सभामा महन्थ ठाकुर र अशोक राइले पनि सम्बोधन गर्ने जसपाले जनाएको छ। जसपाले यसअघि मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएर सरकारको कदमको विरोध गरेको थियो।



लोकपाटी न्यूज

