विराटनगर। प्रदेश नम्बर एकका मूख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन्। मूख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै आङ्वोलाई बर्खास्त गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ। केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ।
प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन्। प्रचण्ड–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको छ।



लोकपाटी न्यूज

