संगठन परिचालन र विस्तारलाई तिव्रता दिने नेकपा प्रचण्ड-माधव पक्षको निर्णय

Prachanda_Madhab
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको छ।

शनिबार पार्टीको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको हो।

नेकपा दुई समूहमा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहको बसेको पहिलो सचिवालय बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड र आन्दोलनका कार्यक्रम बारेसमेत छलफल भएको जनाइएको छ। बैठकमा अध्यक्ष प्रचण्डले नेता वामदेव गौतमसँग भएको छलफल बारे पनि ब्रिफिङ गरेका थिए।

बैठकमा अध्यक्षयद्धय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित छ। ओली समूह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटन संविधान विपरित भन्दै सडक आन्दोलनमा रहेको छ।