धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनीता चौधरीले आफू प्रचण्ड नेतृत्वको नेकपाको सिपाही रहेको स्पष्ट पारेकी छन्।
प्रतिनिधी सभा विघटनपछि नेकपामा पार्टी विवाद बढेका बेला केही मिडियाले आफूलाई जोडेर मन्त्री पदवाट राजीनामा दिएको भुटा समाचार सम्प्रेषण गरेकोप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएकी हुन।
चौधरीले भनिन्, ‘त्यो खबर झुटो हो, भ्रम फैलाउने षडयन्त्र हुनसक्छ।’ आफूमा राजनीतिक चेतना भएदेखि प्रचण्ड नेतृत्वको कम्युनिष्ट पार्टीको सदस्य भएर सकेजति जनसेवा गरिरहेको भन्दै उनले भ्रमको पछि नलाग्न पार्टी कार्यकर्ता शुभचिन्तक तथा आम जनमानसलाई आग्रह गरिन्।
उनले नेपाल कम्युनिस्ट पार्टीलाई वास्तविक श्रमजिवी नेपालीको आफ्नो पार्टी बनाउन नेता कार्यकर्ताले लोभ लालच त्यागेर आफूहरुजस्तै प्रचण्ड-नेपाल नेतृत्वमा गोलबद्ध हुनुपर्ने बताइन्।



लोकपाटी न्यूज

