सांसद लामाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

chhakka-bahadur-lama
लोकपाटी न्यूज

हुम्ला। हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल)  पक्षमा यथावत रहेको लामाले जानकारी गराएका छन्।

उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्रममा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्लावासीलाई आग्रह समेत गरेका छन्।

यो पनि पढ्नुहोस्

२ दर्जन नेताद्वारा ओली समूह अस्वीकार (नामसहित)