काठमाडौं। नेकपाका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ सरकार भएको बताएका छन्।
नेता खनालले भने, ‛जुनदिन प्रतिनिधिसभा विघटन गरियो। त्यहीदिनबाट यो सरकार कामचलाउ सरकारमा परिणत भयो। कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार र कर्मचारी सरुवा बढुवा गर्न पाउँदैन।’
नेता खनालले प्रधानमन्त्रीले पुनः अनधिकृत काम गरेको आरोप लगाए। यस्ता कार्य तत्काल रोक्न नेता खनालले आग्रह गरे। प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए।
यो पनि पढ्नुहोस्
मन्त्रिपरिषदमा थपिए ९ मन्त्री, कुन मन्त्रालयको जिम्मेवारीमा को ?



लोकपाटी न्यूज

