प्रचण्डसँग वामदेवले भनेः म तपाईंबाट टाढा गएको छैन

prachanda-bamdev
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो।

भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। नेकपाका एक नेताले दिएको जानकारी अनुसार भेटमा प्रचण्डले गौतमलाई आफूलाई सघाउन आग्रह गरेका थिए। गौतमले भने त्यसको स्पष्ट जवाफ दिएका छैनन्।

यद्यपि उनले आफू नेकपाबाट टाढा भने नरहेको बताएका छन्। गौतमले आफू नेकपा एकीकरणको पक्षमा रहेको बताएका छन्। उनले आफू नेकपा एकीकरणको प्रयासमा रहेको बताएका वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली र प्रचण्ड-नेपाल पक्ष दुई कित्तामा छुट्टिएका थिए। तर, गौतम भने आफू तटस्थ रहेको बताउँदै आएका छन्। उनी अहिलेसम्म कुनै पक्षले बोलाएको बैठकमा गएका छैनन्।