बर्दिया। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनले प्रतिनिधि सभा विघटनविरुद्ध बर्दियामा विरोध प्रर्दशन गरेको छ। संगठनले शुक्रबार गुलरियास्थिति राधाकृष्ण चोकमा विरोध कार्यक्रम गरेको हो।
अनेरास्ववियू बर्दियाका सहसंयोजक रेशम अधिकारीले कार्यक्रम सञ्चालन गरेका कार्यक्रममा पूर्व सिँचाइ राज्यमन्त्री एवं संविधान सभा सदस्य दल बहादुर सुनार प्रमुख अतिथि रहेका थिए।
विरोध सभामा नेकपाका नेता कौशिल सिंह पूर्व विद्यार्थी नेता गेहेन्द्र ढकाल,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रत्न शाही , मानिस चुनार ,केन्द्रीय सदस्य बर्दिया जिल्ला सहइन्चार्ज राजु रानाभाट, अनेरास्ववियू केन्द्रीय सदस्य निमराज खनाललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।



लोकपाटी न्यूज

