प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा नबनाउनुहोस् : देउवा

sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न भनेको समाचारमा उल्लेख छ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।

देउवा पुनःस्थापनाको विरोधमा देखिएपछि शुक्रबारको बैठकमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका बताइएको छ।

राजधानी दैनिकले पनि देउवाले कांग्रेसले प्रतिनिधिसभा पुनस्थापनाको कुनै एजेन्डा नबोक्ने बैठकमा स्पष्ट पारेको खबर छापिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्