काठमाडौं। काठमाडौं उपत्यकामा चिसो बढेको छ। काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। आज तापक्रम झरेर १.३ डिग्री सेल्सियस पुगेको छ।
यसअघि गएको ३ पुसमा तापक्रम १.६ डिग्री मापन गरिएको थियो। शुक्रबारको तापक्रम भने २.५ डिग्री थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ। आजको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ।
आज तराईमा पनि हुस्सु लागेको छ। तीन दिनसम्म देशैभर आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्हरुको अनुमान छ।



लोकपाटी न्यूज
