काठमाडौं। प्रधानमन्त्री केपि शर्मा ओलीको असंवैधानिक संसद विघटनको विरुद्धमा अनेरास्ववियू त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले शुक्रबार मसाल जुलुस निकालेको छ। अनेरास्ववियू त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीका संयोजक लोकेन्द्र एरीको नेतृत्वमा मसाल जुलुस निकालीएको हो।
मसाल जुलुस त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमाबाट शुरु भएर किर्तिपुर नयाँ बजारको लोकतान्त्रिक चोकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई अनेरास्ववियू त्रिभुवन विश्वविद्यालयका नेता रमेश विष्ट अनेरास्ववियू विश्वविद्यालयका संयोजक लोकेन्द्र एरी र केन्द्रीय सदस्य हेमन्त राईले सम्बोधन गरेका गरेका थिए।
कोण सभालाई सम्वोधन गर्दै संयोजक लोकेन्द्र एरीले केपि ओलीले जनताको जनमतको कदर नगरेको बताए। उनले ओलीले असंवैधानिक संसद विघटन गरी ‘कु’ गरेको आरोप। संयोजक एरीले केपि ओलि यसरी नै अगाडि बढे जनताले राजा ज्ञानेन्द्रको जस्तो हालतमा पुर्याई दिने चेतावनी दिए।



लोकपाटी न्यूज

