मन्त्रिपरिषदमा थपिए ९ मन्त्री, कुन मन्त्रालयको जिम्मेवारीमा को ?

लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद् विस्तार तथा हेरफेर भएको छ। प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षबाट मन्त्रिपरिषदमा सहभागीहरुले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन्। पूर्व माओवादी समूहबाट आफ्नो पक्षमा खुलेकाहरुलाई ओलीले मन्त्रि बनाएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटन मन्त्री र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनाइएको छ। महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनाइएको छ। त्यस्तै भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्री बनाइएको छ। शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनाइएको छ।

नयाँ मन्त्रीहरूमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन्। त्यस्तै गणेश ठगुन्नालाई सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बनाइएको छ। दावा लामालाई युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतोलाई महिला बालबालिका मन्त्री बनाइएको छ। त्यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ। युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्