राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

pic 2
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, १० पुस। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले कुस्मा नगरपालिका ११ सिल्मीको श्री स्यानीपोखरी प्राथामिक विधालयमामा अध्ययनरत करिव ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। शुक्रबार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विधार्थिहरु लाई झोला र कापीकलम वितरण गरेको हो। शिक्षाप्रेमी हरी पौडेल,राज पौडेल र वार्ड नम्वर ११ को आर्थिक सहयोगमा उक्त सामाग्री खरिद गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कुस्मा नगरपालिका वार्ड नम्वर ११ का अध्यक्ष शिव शर्मा पौडेलले मुलुकमा भैरहेको राजनीतिक अस्थिरताका कारण अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्रमा पनि ठूलो प्रभाव परेको बताए। कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय समितीका प्रमुख उद्दिमराज पौडेलले अबको शिक्षा जनमूखी र व्यवहारिक हुनुपर्नेमा जोड दिए।

कुश्मा नगर शिक्षा अधिकृत दिपक सुवेदीले विद्यालयको सर्वाङ्गीण विकासमा शिक्षक, विद्यार्थी र अभिभावक बिचमा त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने बताए। यस्तै नेकपा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले आजका बालवालिका भोलि देशका कर्णदार भएको भन्दै शिक्षा लिनबाट कोहीपनि वञ्चित हुन नहुने जिकिर गरे। गिरीले प्राथाकि शिक्षा वालमैत्री हुनुपर्नेमा जोड दिँदै देशमा विद्यमान सैद्धान्तिक शिक्षा नीति परिवर्तन हुनुपर्ने आवश्यकता औँलाए।

यस्तै विधालयका प्रअ राम वहादुर केसीले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा आँफू निरन्तर लागिपरेको भन्दै सामुदायिक विद्यालयमा आँफूहरु उत्कृष्ट स्थान हाँसिल गर्न कसरत गरिरहेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका संस्थापक सचिवालय सदस्य चर्चित गायक कृष्ण अखेलीले लोक दोहोरी कलाकारहरुको संस्थाले गीत संगीतमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा सिर्जनात्मक तथा रचनात्मक कार्यहरुमा पनि उत्तिकै अग्रसर भएको बताए। गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष आरसी पौडेलले लोक गीत संगित नेपालीहरुको मौलिक सम्पति भएकोमा जोड दिँदै बेजोड सांगितीक प्रस्तुती राखेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर नेपाली, पूर्वगाविस अध्यक्ष खुम प्रसाद सुवेदी,नेपाली काँग्रेस प्रतिनिधि दया सुवेदी,कुश्मा कार्यपालिका सदस्य राधिका सुवेदी,शिक्षक अभिभावक संघका अध्यक्ष दिवाकर नेपाली,विधालयका सुचना अधिकारी खिमलाल सुवेदी,स्थानीय शिक्षाप्रेमी राज पौडेल लगायतले बोलेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले गरेको शैक्षिक सामग्री वितरण कार्यक्रम निकै सह्रानिय भएको बताए। समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दीपक गदालले प्रतिष्ठानको सामाजिक कार्य अन्र्तगत विधालका वालवालिकाहरुलाई उक्त सामग्री वितरण गरिएको भन्दै यसभन्दा अगाडि शिवालय विद्यालयका दृष्टिविहिन विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण, जिल्ला कारागारका कैदीवन्दीहरुलाई रेडियो वितरण लगायतका कार्यहरु गरिसकेको बताए।

यस्तै गदालले आफ्नो कार्यकालमा अझै सामाजिक कार्यमा प्रतिष्ठानलाई अग्रसर बनाउँदै लैजाने दृढ संकल्प गरे। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका प्रथम उपाध्यक्ष पूजा कार्की शर्मा ,कोषाध्यक्ष ज्ञानु शर्मा, सहसचिव सुदिप क्षेत्री,सदस्य निर्मल पौडेल एन.पि.घायल,सिता पौडेल, रोट्¥याक्ट क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल, विद्यालय व्यवस्थापन समितीका पदाधिकारी,शिक्षक अभिभावक लगायत शिक्षाप्रेमी वुद्धिजिवीहरुको उपस्थिती रहेको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालको अध्यक्षता कु.न.पा. ११ का अध्यक्ष शिव प्रसाद पौडेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक गायक सुमन केसी र सञ्चालन जिल्ला सचिव सन्तोष सुवेदीले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्