केपी ओली गोमन सापजस्तै : झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  वरिष्ठ नेता झलनाथ खनालले केपी ओली गोमन सापजस्तै भएको बताएका छन्।  पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको नेकपाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।

उनले पार्टी परियताका विषयमा केपी ओलीले आफूलाई तल झारेको प्रसंग उल्लेख गर्दै ओलीलाई गोमनको संज्ञा दिएका हुन्। एक पटक हिर्कायो भने गोमन साप भाग्ने र त्यो मान्छेको तस्बिर दिमागमा राखेर मौका पाउँदा ठुगिहाल्ने प्रवृत्ति हुने भन्दै उनले केपी ओलीमाथि कटाक्ष गरेका थिए।

‘तपाईंलाई थाहा छ, पूर्वनेकपा एमालेमा आठौँ महाधिवेशनमा अध्यक्ष बन्नका लागि केपी ओलीले ठूलो गुटबन्दी गर्नु भएको थियो। तर, त्यत्तिबेलाको ठूलो समूहले उहाँलाई पराजित गरेर मलाई अध्यक्ष बनाउनुभयो। त्यसपछि उहाँमा अत्यन्त ठूलो इगो रहयो। वास्तवमा केपी ओली एउटा इगो अर्थात् इख बोकेर हिँड्ने मान्छे हुनुहुँदो रहेछ। कुनै पनि कम्युनिष्ट त्यसरी चल्न मिल्दैन। कसैले पनि त्यसो गर्न मिल्दैन।

नेता खनालले एमाले महाधिवेशनको प्रसंग कोट्याएर ओलीलाई गोमनको संज्ञा दिँदै एमाले र माओवादीको एकता हुँदा त्यसको बदला ओलीले लिएर आफूलाई वरियतामा तल झारेको बताए।

‘पछि गएर उहाँले बदला लिने मौका पाउनु भएन। नवौं महाधिवेशनमा समेत बदला लिने मौका पाउनु भएन। ‘अब पार्टी एकता भयो। दुई पार्टी एकताका लागि संयोजन समिति बन्ने भयो। ओलीले संयोजन समिति राख्नु हुँदैन भन्नुभयो। एक दुई बैठकमा मलाई बोलाउनु भएन। पछि वरियतामा मलाई तल राख्नुभयो।