सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले अवसरवादी मात्रै केपी शर्मा ओली गुटमा जाने बताएका छन्।
शेर्पाले आम जनता र पार्टीका कार्यकर्तालाई मान्ने नहुने अनुशासनहिन, पार्टी विरोधी र संविधान विरोधी, कार्यकर्ता, पार्टीका सबै कमिटीहरुको मन कुँडाएर पार्टी फोरेका बताएका हुन्। अब केपी ओलीको पार्टीको सदस्य हुनु भनेको अवसवाद मात्रै हुने हो, उनले भने।
उनले पार्टी एकढिक्का भएर ओलीले गरेको प्रतिगमनको विरुद्व प्रतिरोधमा लाग्ने र संसद स्थापना गरेरै छाड्ने बताए।
नगर प्रमुख शेर्पाले केन्द्रीय कमिटिका ३ सयभन्दा बहुमत सदस्य रहेको नेकपानै आधिकारिक र मुल पार्टी भएको बताए।
कोही भ्रममा नपरी ओली गुटमा गएका नेता कार्यकर्तालाई समेत मुल पार्टीमा फर्कन नगर प्रमुख शेर्पाले आग्रह गरे।उनले भने, ‛प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले मुलुक गम्भिर मोडमा पुगेको छ। हाम्रो पार्टीमा समेत ठूलै धक्का लागको छ। नेपाली जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान माथिनै कुठराघात भएको छ।’
ओलीले संसद विघटन मात्रै होईन ०६२/०६३ को जनआन्दोलन, जनयुद्व र मधेश आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, धमनिरपेक्षता, समावेशी, समानुपातिक सहितको संविधान माथिकै हमला भएको उनले बताए।



लोकपाटी न्यूज

