काठमाडौं। नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरलाई सहसंयोजक रञ्जित तामाङले कारबाहीको माग गरेका छन्। तामाङले संयोजक महरलाई कारबाहीको माग गर्दै केन्द्रीय समितिका अध्यक्षद्वयलाई पत्र लेखेका छन्।
संयोजक महर निरपेक्ष रुपमा सत्ताको भजन, किर्तनमा लागेको भन्दै तामाङले कारबाहीको सिफारिस गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको भत्र्सना गर्दै तामाङले महरलाई कारबाहीको सिफारिस गरेका छन्। पत्रमा तामाङले नेकपाका अध्यक्षद्वय र विद्यार्थी फ्याक्सन इन्चार्जलाई बोधार्थ दिएका छन्।




लोकपाटी न्यूज

