प्रचण्डले निर्वाचन आयोगमा बुझाए २९७ जना केन्द्रीय सदस्यको हस्ताक्षर

prachanda-hand-over-list-of-central-comitee-member
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका पुष्पकमल दाहाल प्रचण्ड आज आफ्नो पक्षका हस्ती नेताहरु बोकेर निर्वाचन आयोग पुगका छन्। बिहानै जुलुससहित् निर्वाचन आयोग पुग्नुअघि माइतीघर मण्डलामा केही समय धर्नामा बसेका थिए। धर्नामा  अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालका अलावा स्थायी कमिटीका सदस्यहरु समेत उपस्थित थिए।

प्रचण्डले हस्ताक्षर बुझाउँदा नेपाल, खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका अलावा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, घनश्याम भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, पम्फ भुसाल, वेदुराम भुसाल, लिलामणि पोखरेल, युवराज ज्ञवालीलगायत पनि पुगेका थिए।

प्रचण्डले नेकपाको निर्वाचन आयोगमा दर्ता भएका ४ सय ४१ केन्द्रीय सदस्य मध्ये २ सय ९७ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका हुन्। प्रचण्डले हस्ताक्षरसहितको पत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएका हुन्।
नेकपाको मौजुदा केन्द्रीय सदस्य ४ सय ४७ छ। तर, निर्वाचन आयोगमा ४४१ जनाको नाम दर्ता छ । आज प्रचण्ड पक्षले हस्ताक्षर बुझाएकोलाई मान्दा केपी शर्मा ओली पक्षको नेकपामा १४४ जना रहेका छन्।