काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा पनि विघटन गर्न खोजेको आरोप लगाएकी छन्। शाक्यले संघीयता र संविधानविरोधी ओलीले प्रदेशसभा पनि विघटन गर्न खोजेको आरोप लगाएकी हुन्।
शुक्रबार बागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि शाक्यले सञ्चारकर्मीसँग भनिन्, ‘केपी ओली संघीयता र संविधान विरोधी हुन्। उनी प्रदेशसभा पनि विघटन गर्न खोज्दै छन्।’
उनले ओली निरंकुश र तानाशाह शासक बन्न लागेको आरोप लगाइन्। ओलीले संविधान कुल्चेर सबैमाथि प्रहार गरेको भन्दै बलिदानबाट आएको गणतन्त्र र संविधानलाई कुल्चने अधिकार कसैलाई नरहेको नेत्री शाक्यले बताइन्।
उनले ओलीको कदमविरुद्ध अब प्रदेश, गाउँ, नगर र वडासम्म आन्दोलन गरिने बताइन्। शाक्यले निर्वाचन आयोगले प्रचण्ड–नेपाल समूहलाई वैधानिकता नदिने कुनै आधार नरहेको बताएकी थिइन्।



लोकपाटी न्यूज

