बर्दियामा भन्सार छली ल्याइएका अबैध सामान बरामद

yaa
लोकपाटी न्यूज

बर्दिया। भारतबाट नेपाल भित्र्याईएका अबैध सामान सशस्त्र प्रहरीले बिहीबार राति बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल न ३१ गण हेडक्वाटर बर्दिया मातहतका युनिटबाट खटिएको गस्ती टोलीले बिहीबार राति लालपुरमा राखीएका अवैध सामान बरामद गरेको हो।

भारतबाट अबैध रुपमा भन्सार छली लालपुरमा सामान राख्नेको खोजीकार्य भईरहेको एसपी नरबहादुर रावतले जानकारी दिए।

५० बोतल लागूऔषध ( कोरेक्स 500 ml) र धारा फिट्टिङ्गका विभिन्न पाट्सहरु बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयहरुमा बुझाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्