ओलीको आग्रहः जनतामा जाने बेला भयो, आन्दोलन फिर्ता लिनुस्

PM_KP_OLI
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्‍ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले प्रतिनिध सभा विघटन गर्नुपरेको बताएका छन्। बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको भेलामा ओलीले पार्टीभित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन्।

उनले संसद विघटन पछि जनतामा जान डर मान्‍नेहरूले पार्टी फुटाएको आरोप पनि लगाए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्‍नेहरूले आन्दोलनको घोषणा गरेको बताए। जनतामा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको ओलीले बताए। यद्यपि पूर्वघोषित आन्दोलन फिर्ता लिन पनि उनले आग्रह गरे। जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘जनमतमा जान छाडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु जनताबाट तर्सिनु हो। उहाँहरुको निर्णयको औचित्य छैन, फिर्ता लिनुस्।’ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आजको केन्द्रीय समिति बैठकबाट आन्दोलन गर्ने निर्णय गरेको थियो। शान्तिपू्र्ण आन्दोलन संविधानले दिएको अधिकार भएको भन्दै ओलीले जनतालाई दु:ख नदिने गरी प्रयोग गर्न पाइने पनि बताए।

देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरूलाई जनताले मत नदिने पनि ओलीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्